दफा
कोषको प्रयोग

कोषको रकम देहायका कार्यहरुमा खर्च गरिनेछ:
(क) कानून वा अदालतको फैसला वा आदेशबमोजिम फिर्ता गर्नु पर्ने    कोर्टफी, दण्ड जरिवाना वा अन्य रकम फिर्ता गर्न,
(ख) अदालतको फैसला वा आदेशबमोजिम फिर्ता गर्नु पर्ने धरौटी वा जमानत रकम फिर्ता दिन,
(ग) कानून वा अदालतको फैसला वा आदेश बमोजिम दिनु पर्ने पुरस्कार र अन्य रकम दिन,
(घ) अदालत भवन, न्यायाधीश र अदालतका अन्य कर्मचारीको आवास–भवन बनाउन र त्यस्ता भवनहरुको विस्तार, मर्मत एवं स्याहार सम्भार गर्न र आवश्यक भएमा त्यसको लागि जग्गा खरीद गर्न,
(ङ) कानूनबमोजिम अदालतले गर्नु पर्ने अन्य कुनैन्यायिक कार्यमा खर्च गर्न